काठमाडौ । अमेरिकी सहयोग एमसीसी अनुमोदन भएपछि नेप्सेमा उछाल आउने अपेक्षा गरिएको भएपनि नेप्से भने घटेको छ । अघिल्लो दिन झण्डै आठ अंकले घटेको नेप्से आज सोमबार ४३ दशमलव एक अंकले घटेर २६ सय १० दशमलव ६० अंकमा सिमित हुुन पुगेको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ६४ अंकले घटेर पाँच सय दशमलव २१ अंकमा सिमित हुुन पुुगेको छ ।
एमसीसी पास भएपछि अन्य समुहहरुको सुचक खासै नबढेपनि जलबिद्युुतमा भने यसको सकारात्मक प्रभाव देखिने र शेयर मुल्य बढन् अपेक्षा गरिएको थियो । तर एमसीसी पास भएको भोलिपल्ट नै जलबिद्युत समुहको सुचक एक सय दुई अंकले घटेर ३२ सय १३ अंकमा खुम्चिएको छ । यि बाहेक बाँणिज्य, बैंक, निर्जिवन बीमा, जीवन बीमा समुहहरुको सुचक पनि आज क्रमश १५ दशमलव ३३, दुई सय ६८ दशमलव ६९ र दुई सय ९५ दशमलव पाँच अंकले घटेकाछन भने फाईनान्स, लघुवित्त, लगातयतका समुहहरुको सुचक पनि घटेकाछन ।
नेप्सेमा आज दुई सय २७ वटा कम्पनीहरुको शेयर किनबेच भएकाछन । जसबाट ५४ हजार एक सय २१ वटा कम्पनीहरुको ७८ लाख ३४ हजार नौ सय १५ कित्ता शेयर किनबे भएको छ भने कारोबार रकम तीन अर्ब ६६ करोड एक लाख ८९ हजार आठ सय ६९ रुपैयाँ पुुगेको छ । आज एनआईसी एशिया बैंक ऋणपत्र, एनआईसी एशिया सेलेक्ट फण्ड ३० आदिले कमाएका छन् भने तेह्थुम पावर लिमिटेड, सामलिङ पावर कम्पनी आदिले गुमाएकाछन । रकम कारोबारका आधारमा भने आज अपी पावर लिमिटेड, अपर तामाकोशी हाईड्रो पावर कम्पनी आदि अगाडि परेकाछन ।