एनएमबी बैंकले बैंकले बाँड्यो ५ हजार बढी सुधारिएको चुल्हो


खबरस्टोरी संवाददाता
१९ जेष्ठ २०७९, बिहीबार
एनएमबी बैंकले बैंकले बाँड्यो ५ हजार बढी सुधारिएको चुल्हो
काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेदरल्याण्ड डेभलपमेन्ट अर्गनाईजेशन (एसएनभी) को रिजल्ट बेस फाइनान्सिङ  परियोजना अन्तर्गत ५,७२८ सुधारिएको चुल्हो बितरण गरेको छ । बैंकले परियोजनासँग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापककोरुपमा काम गरेको थियो ।

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगकाजनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एसएनभीसँग बैंकले सहकार्य गरेर सुदूरपश्चिम र कर्णालीका बिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो । 

बैंकको लघुबित्त बिभागले एसएनभी सँग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक कार्य गरिरहेको छ भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसँग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ । 

यस परियोजनाले दाउराको खपत घटाएर बनको संरक्षणमा मद्धत पुग्ने, बिषेश गरी महिला दिदीबहिनीहरुले भान्छाको लागि गर्नुपर्ने कठिनाईमा कमि ल्याउने, धुवाँ धुलोमा कमिको कारणले बायूु प्रदुषणमा समेत नियन्त्रण भई समग्र आगलागीको खतरा तथा धुँवा तथा धुलोको कारणले स्वास्थमा आउने रोग तथा बिकारहरुमा समेत कमिहुने बिश्वास लिइएको छ । 

बैंकले ‘द फिनान्सियल टाईम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एशिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो । 

एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी‘ बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेकको छ ।  

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।