एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो बितरण


खबरस्टोरी संवाददाता
२९ चैत्र २०७८, मंगलवार
एनएमबि बैंकद्धारा प्राक्टिकल एक्शन परियोजनाको सहयोगमा ५२ हजार थान चुल्हो बितरण
काठमाडौं । एनएमबि बैंक लिमिटेडले प्राक्टिकल एक्शन दक्षिण एशिया क्षेत्रिय कार्यालय काठमाण्डौंको रिजल्ट बेस फाईनान्सिङ परियोजनाअन्तर्गत परियोजनाको सहयोगमा हालसम्म ५२ हजार चुल्हो बितरण गरेको छ । बैंकले प्राक्टिकल एक्शनसंग मिलेर उक्त परियोजनाको लागि कोष ब्यवस्थापककोरुपमा काम गरेको थियो । 

परियोजना अन्तर्गत नेपालमा सुधारिएको चुल्हो बितरण गरेर ग्रामिण भेगका जनताहरुको जिवनस्तर सुधार गर्ने उदेश्यका साथ प्राक्टिकल एक्शन परियोजनासंग बैंकले सहकार्य गरेर नुवाकोट, धादिङ्ग, गोर्खा, रसुवा, चितवन, मकवानपूर, पर्वत, म्याग्दि, बाग्लुङ्ग, अर्घाखांची, गुल्मि र स्याङ्गजाकाबिभिन्न ग्रामिण भेगमा सुधारिएको चुल्होहरु बितरण गरेको हो ।

बैंकको भ्यालु बेस बैंकिङको अवधारणाहरु मध्येको “नाफा भन्दा अघि मानिसहरुको बारेमा सोंच्ने” सिद्धान्त अनुसार बैंकको लघुबित्त बिभागले प्राक्टिकल एक्शनसंग सहकार्य गरेर उक्त परियोजना सफलतापूर्वक सम्पन्न गरेको हो भने यस परियोजनाको साथसाथै अन्य बिभिन्न परियोजनाहरुसंग सहकार्य गरेर सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा एशियाकै सर्वोत्कृष्ट बैंकको उपाधी बैंक अफ दि इयर एशिया २०२१ उपाधीबाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपाल कै उत्कृष्ट बैंकको उपाधी‘ बैंक अफ दि इयर नेपाल प्राप्त गरिसकेको छ ।  

बैंकले हाल देशभरी २०१ शाखाहरु, १३९ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।