एनसेलको चुनाव लक्षित अफर


खबरस्टोरी संवाददाता
२८ बैशाख २०७९, बुधबार
एनसेलको चुनाव लक्षित अफर
काठमाडौँ । एनसेल आजियाटा लिमिटेडले स्थानीय चुनावलाई ध्यानमा राख्दै आकर्षक बोनस डेटा अफर ल्याएको छ । यस अफरमा ग्राहकले एनसेल एपमार्फत आफ्नो ब्यालेन्स रिचार्ज गर्दा बोनस स्वरुप ५० एमबीदेखि ५०० एमबी डेटा प्राप्त गर्न सक्दछन् ।

यो अफर वैशाख २३ गतेबाट लागू भइसकेको छ । जसअन्तर्गत एनसेल एपबाट ब्यालेन्स रिचार्ज गर्ने प्रत्येक ग्राहकले आफूले रिचार्ज गरेको रकमको आधारमा बोनस डेटा पाउँछन् ।

एपमार्फत ५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनका लागि मान्य हुने ५० एमबी डेटा पाउँछन् । सयदेखि १९९ रुपैयाँसम्म रिचार्ज गर्दा ३ दिन समयसीमा भएको दुई सय एमबी डेटा पाउँछन् । त्यसैगरी दुई सय वा सोभन्दा माथिको रिचार्जमा ग्राहकले ५०० एमबी डेटा पाउँछन् ।

नयाँ बोनस डेटा अफर र अन्य विद्यमान अफर जस्तै कम्बो प्याक, गज्जबको दैनिक जीबी प्याक र अल–नेट भ्वाइस प्याकले ग्राहकहरूलाई सुलभ दरमा डेटा र भ्वाइस सेवामा पहुँच सुनिश्चित गर्दछ ।डेटा र भ्वाइस दुवै सेवा चाहिने ग्राहकका लागि कम्बो प्याक रहेको छ जसमा ५ जीबी डेटा भोल्युम र सय मिनेट अल नेट टक टाइम पाइन्छ ।