कुन स्पेसीफिकेसनको भन्ने विषयमा कम्पनीले अहिले धेरै कुरा खुलाएको छैन तर कम्पनीका सेल्स हेड नबिन आचार्यले भने “पावर,लुक्स र पफर्मेंसमा जब्बर गाडी आउँछ , जसरि फोटोन टुनल्याण्डले चिनिया गाडी प्रति मानिसहरुले हेर्ने नजर परिवर्तन गरेको छ, यस विस्वासलाइ फोटोन कायम राख्ने छ” । कम्पनीले यसमा २.० लिटर क्षमताको डिजेल इन्जिन दिएको छ । उक्त यन्जिनले १४८ हर्स पावर प्रदान गर्ने छ भने अधिकतम टर्क ३२० एनएम रहेको छ ।
ट्रान्समिसन ६ फरवार्ड १ रिजर्ब सिस्टम भएकाले माइलेज पनि उत्क्रिस्ठ रहने कम्पनिले जनाएको छ । पावर, लुक्स र पफर्मेंसका कारण लोकप्रिय बन्दै गहिरहेको फोटोनले पछिल्लो समय आफ्नो डिलर र सर्भिस सेन्टर पनि आक्रामक रुपले वृद्धि गरिरहेको छ ।