गत चैत २५ मा बसेको मन्त्रिपरिषद्को बैठकले निलम्बन गरेको अधिकारीलाइ मंगलबार अन्तरिम आदेशमार्फत पुनः काममा फर्कन आदेश जारी गरेपछि उनी बुधबारदेखि राष्ट्र बैंक फर्कदैछन् ।
निलम्बनको १२ दिनपछि कार्यालय जाने भएपछि अर्थमन्त्रीसँगको सम्बन्ध सुधारमा उनको जोड रहने कि बिग्रदो अर्थतन्त्र सुधारमा पहलकदमी थाल्ने भन्ने प्रमुख चुनौती देखिन्छ ।
पछिल्लो समय अर्थतन्त्र संकटको अवस्थामा गएको र अर्थनीति र वित्तीय नीतिमा समन्वय हुन नसकेसँगै अर्थमन्त्री जनार्दन शर्मा र गभर्नरबीचको विवाद सतहमा आएको थियो ।
अर्थतन्त्रको विषयमा सार्वजनिक कार्यक्रममा नै अर्थमन्त्री र गभर्नर आरोप प्रत्यारोप चलेको थियो ।