अर्थमन्त्री शर्माले आज सोमबार अपराह्न चार बजे मन्त्रालयमा नै पत्रकार सम्मेलन बोलाएका हुन्। त्यसक्रममा अर्थमनत्रीले गभर्नरलाई निलम्बन गर्नुको कारणबारे स्पष्ट पार्ने बताइएको छ। अर्थतन्त्र समस्यामा परिसक्दा पनि अर्थ मन्त्रालयलाई नसघाएको तथा सूचना लुकाएको आरोपमा अर्थमन्त्री शर्माकै सिफारिसमा गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति गठन भएपछि गभर्नर अधिकारी स्वतः निलम्बनमा परेका छन्।