नेपाल राष्ट्र बैंक कर्मचारी संघ, सञ्चय कोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अविलम्ब निलम्बन फुकुवा गर्न सरकारसँग माग गरेका हुन् ।
‘संकटपूर्ण घडीमा राज्यका सबै तह र तप्काका निकाय, संस्था र आम जनसमुदायको विश्वास र सहकार्य जुटाउँदै, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानूनको परिपालना गर्नुभन्दा आफ्ना कमजोरी र अक्षमतालाई ढाकछोप गर्ने उद्देश्यका साथ राजनीतिक प्रतिशोध र सीमित स्वार्थका खातिर एउटा स्वायत्त एवम् संवेदनशील निकायको जिम्मेवार पदाधिकारीमाथि दीर्घकालिन नकारात्मक असर पर्ने गरी शुरु गरिएको कारबाही हरतरहले निन्दनीय छ ।’– विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्ति