गाडीसहित विलासिताका वस्तुको एलसीमा कडाई गर्न बैंकरलाई राष्ट्र बैंकको निर्देशन


खबरस्टोरी संवाददाता
२२ चैत्र २०७८, मंगलवार
गाडीसहित विलासिताका वस्तुको एलसीमा कडाई गर्न बैंकरलाई राष्ट्र बैंकको निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैकका सीईओहरूलाई आयातका लागि एलसी खोल्न कडाइ गर्न निर्देशन दिएको छ । 

सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गर्दै विशेष गरेर गाडी लगायत विलासिताका वस्तु आयातका लागि एलसी खोल्नु अगाडि अर्थतन्त्रको अवस्थाबारे एकपटक सोच्न आग्रह गरेको छ ।बैंकहरूलाई सीडी रेसियो निर्धारित सीमाभित्र ल्याउन राष्ट्र बैंकले दबाब दिएको हो ।

राष्ट्र बैंकले केही समय अगाडिदेखि नै गाडी आयात रोक्नुपर्ने बताइरहेको थियो । तर सरकारले राजस्व प्रभावित हुने भएपछि यसमा कुनै निर्णय गरेको छैन । राष्ट्रिय बैंकले नै विद्युतीय बाहेकका गाडि आायातका लागि एलसी खोल्दा ५० प्रतिशत नगद मार्जिनको व्यवस्था गरेको छ । तर, पनि आयातमा नियन्त्रण नहुँदा अब एलसी खोल्न नै कडाइ गर्न आग्रह गरेको छ ।