ग्लोबल आईएमई बैंकको १ ५ प्रतिशत क्यासब्याक सहितको भ्यालेन्टाइन्स अफर


खबरस्टोरी संवाददाता
२९ माघ २०७८, शनिबार
ग्लोबल आईएमई बैंकको १ ५ प्रतिशत क्यासब्याक सहितको भ्यालेन्टाइन्स अफर

काठमाडौं–  ग्लोबल आइएमई बैंक लिमिटेडले भ्यालेन्टाइन्स डेको अवसरमा बैंकका ग्राहकहरुलाई क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत क्यासब्याक  दिने भएको छ। 

बैंकका ग्राहकहरुले भ्यालेन्टाइन्स डेको अवसर पारेर माया, सद्भाव मित्रता र प्रशंसा बाँड्ने मौका प्रदान गर्न फाल्गुन १ तथा २ गते सरसामान खरिद गर्दा ’मेरी उनीलाई’ लेखी क्यूआर कोडमार्फत गरिने झुक्तानीमा १५ प्रतिशत वा अधिकतम  २ सय रुपैयाँसम्म क्यासब्याक पाउने छन ।