ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ ले नेपाल धितोपत्र बोर्डबाट पायो स्विकृती


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
ग्लोबल आईएमई ब्यालेन्स फन्ड-१ ले नेपाल धितोपत्र बोर्डबाट पायो स्विकृती
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले ‘ग्लोबल आइएमई ब्यालेन्स फण्ड–१’ नामक नयाँ सामुहिक लगानी कोष (म्युचुअल फण्ड ) निस्कासन प्रस्ताव स्वीकृत गरेको छ । यो कोषले बन्दमुखी योजना ल्याउन लागेको हो। बन्दमुखी सामुहिक लगानी कोष योजना भनेको निश्चित अवधिपछि एकाइ परिपक्व हुने योजना हो।

यो कोष सेबोनले जेठ ०४ मा स्वीकृत गरेको थियो । जसमा प्रति शेयर १० रुपैयाँ बराबर मूल्यमा १.२ अर्ब रुपैँया बराबरको १२ करोड युनिट शेयर बिक्री हुनेछ।

कोषको ट्रस्टी ग्लोबल आइएमई बैंक लिमिटेड छ भने कोष प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । हाल, बजारमा ग्लोबल आईएमई क्यापिटलले एउटा बन्द-अन्त कोष १ (GIMES1) को व्यवस्थापन गरिरहेको छ।