गर्भनरको आगमनसँगै नेप्सेमा ३६ अंकको पहिरो


खबरस्टोरी संवाददाता
७ बैशाख २०७९, बुधबार
गर्भनरको आगमनसँगै नेप्सेमा ३६ अंकको पहिरो
काठमाडौं। सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नियमित कामको लागि राष्ट्र बैंक फर्किएको गर्भनर महाप्रसाद अधिकारीको आगमनसँगै नेप्सेमा पहिरो गएको छ । अघिल्लो दिन १३ अंकले बढेको नेप्से गर्भनर अधिकारी राष्ट्र बैंक फर्केको दिन अर्थात आज बुधबार पुन ३६ दशमलव ७३ अंकले घटेर २३ सय २० दशमलव ५१ अंकमा खुम्चिएको छ । यसैगरी सेन्सिटिभ पनि छ दशमलव ६९ अंकले घटेर चार सय ४१ दशमलव आठ अंकमा खुम्चिएको छ । 

नेप्सेमा आज दुई सय २८ वटा कम्पनीहरुको ३२ हजार पाँच सय छ पटकको कारोबारमा ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिद किनबेच भएको छ । उक्त किनबेचको आधारमा आज कुल कारोबार रकम एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार सात सय ५५ रुपैंयाँमा सिमित भएको छ । कारोबार भएका कुल समुहहरु मध्ये आज बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा सहितका सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो देखिएको छ । 

यसैगरी आज कारोबार भएका कम्पनीहरु मध्ये ग्रिन भेञ्चर लिमिटेड, जाल्पा लघुवित्त वित्तीय संस्था, सेञ्चुरी कर्मसियल बैंक आदिले कमाएका छन् भने नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, हिमालयन ऊर्जा बिकास कम्पनी, लक्ष्मी बैंक आदिले गुमाएका छन् । बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने आज एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक आदि परेका छन् ।