ग्रीन भेन्चर्सकोे ३१ करोड रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला


खबरस्टोरी संवाददाता
८ चैत्र २०७८, मंगलवार
ग्रीन भेन्चर्सकोे ३१ करोड रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला
काठमाडौं। ग्रीन भेन्चर्स लिमिटेडको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले आज मंगलबारबाट एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको हो । 

लक्ष्मी क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा चैत्र ११ गते र ढिलोमा यही चैत्र २२ गते बन्द हुने छ । बिक्री गरिने कुल सेयर मध्ये तीन प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणको लागि रहेको छ । 

खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।