लक्ष्मी क्यापिटल लिमिटेड बिक्री प्रर्वन्धक रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा चैत्र ११ गते र ढिलोमा यही चैत्र २२ गते बन्द हुने छ । बिक्री गरिने कुल सेयर मध्ये तीन प्रतिशत अर्थात् ९३ हजार सात सय ५० कित्ता कर्मचारीहरूको लागि, पाँच प्रतिशत अर्थात् एक लाख ५६ हजार दुई सय ५० कित्ता सेयर सामूहिक लगानी कोषको लागि र बाँकी रहेको २८ लाख ७५ हजार कित्ता सेयर भने सर्वसाधारणको लागि रहेको छ ।
खरिदकर्ताहरूले न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।