गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १५ औं बर्षमा


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १५ औं बर्षमा
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १५ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीको आफ्नो वार्षिककोत्सवको अवसरमा गुराँस लाइफ इन्स्योरेन्सको १४ वर्षसम्मको निरन्तर यात्रामा सहयात्री भई साथ दिने बीमितहरु, अभिकर्ताहरु, ग्राहकहरु, शेयरधनी, नियामक निकायहरु एवं साझेदार संस्थाहरु तथा शुभचिन्तकहरुमा हार्दिक धन्यवाद तथा हार्दिक आभार प्रकट गरेको छ । 

यस अवधिमा हाम्रो कम्पनीले हासिल गरेको उन्नती प्रगतीकै फलस्वरुप जीवन बीमा बजारमा सशक्त र स्थापित कम्पनीकोरुपमा रहेकोमा हामी गौरवान्वित छौं, कम्पनीले भनेको छ । 

आगामी दिनमा समेत जीवन बीमाको व्यवसायमा अझ क्रियाशील भै सुदृढ र स्तरीय सेवा प्रदान गर्दै बीमितहरुको सर्वोपरि हितका लागि समर्पित रहि रहने प्रण कम्पनीले गरेको छ ।