कम्पनीको नारायणगढ शाखा का शाखा प्रमुख ओमकार सिग्देल , कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजर सहित को टिमले यही बैशाख एक गते बुधबार नारायणगढ शाखा मा एक कार्यक्रमबिच चेक हस्तान्तरण गरे । स्व. सुमन राना मगर को केही समय अगाडी क्यान्सर रोगको कारण निधन भएको थियो, उनले दुई बर्ष अगाडि सिनीएर एजेन्सी म्यानेजर कमला सुनारी मार्फत पाँच लाखको सावधीक जीवन बीमा गरेका थिए ।
शाखा प्रमुख सिग्देल ले जीवन बीमा सम्बन्धी जनचेतना पहिलेको तुलनामा उल्लेख्य मात्रा मा वृद्धि भएको र यो बचत मात्र नभई आर्थिक क्षती विरुद्धको लागि महत्वपुर्ण भएकोले सबैलाई आवश्यक भएको पनि बताए ।