गौतम बुद्ध विमानस्थलमा जेठ २ बाट जजिराले नियमित उडान भर्ने


खबरस्टोरी संवाददाता
२८ बैशाख २०७९, बुधबार
गौतम बुद्ध विमानस्थलमा जेठ २ बाट जजिराले नियमित उडान भर्ने
काठमाडौं । नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा जेठ २ गतेबाट नियमित उडान सुरु हुने भएको छ।

विमानस्थलमा जेठ २ गते बुद्ध जयन्तीको दिन बिहान ७ बजे जजिराको जहाज विमानस्थलमा अवतरण गरेसँगै विमानस्थलको औपचारिक शुभारम्भ हुनेछ । जजिराले सातामा ३ उडान गर्ने छ।उडान सुरु हुने दिन प्रधानमन्त्री शेर बहादुर देउवा समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने छन्। 

विमानस्थलमा बैशाख १५ गते मात्रै डेमो उडानसमेत भइसकेको छ।