घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार


खबरस्टोरी संवाददाता
११ जेष्ठ २०७९, बुधबार
घरजग्गा कारोबारमा कडाइ गर्दै सरकार
काठमाडौं/सरकारले घरजग्गा कारोबारमा कडाइ गर्ने भएको छ। 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले घरजग्गा कारोबारमा कडाइ गरिने जनाएकी छिन्। 

सरकारको नीति तथा कार्यक्रममा विशिष्टिकृत संस्थाबाट मात्र घर जग्गाको कारोबार गर्ने व्यवस्था गरिने उल्लेख छ।अहिले घरजग्गाको कारोबार सबैले गर्दै आएकोमा त्यसमा कडाइ गर्दै सरकारले विशिष्टिकृत संस्था अनिवार्य गर्ने नीति लिन लागेको हो।