घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, ग्यासको भने यथावत (मूल्यसूचीसहित)


खबरस्टोरी संवाददाता
२० जेष्ठ २०७९, शुक्रबार
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, ग्यासको भने यथावत (मूल्यसूचीसहित)
काठमाडौ ।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टीतेलको मूल्य लिटरमा १०–१० रुपैयाँले घटाउने निर्णय गरेको हो ।निगमका प्रवक्ता विनितमणि उपाध्यायले अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजल तथा मट्टीतेलको मूल्य १५३ रुपैयाँ कायम भएको जानकारी दिए ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने घटेको छैन। अर्थ मन्त्रालयले पूर्वाधार कर घटाएर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको प्रवक्ता उपाध्यायले बताए ।