घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
१८ जेष्ठ २०७९, बुधबार
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । बुधवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।  

आज सुनको मूल्य तोलामा  ८०० रुपैयाँले घटेको हो । अघिल्लो दिन सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । आज चाँदी १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।