घट्यो सुनको मुल्य, तोलामा कति ?


खबरस्टोरी संवाददाता
३० फाल्गुन २०७८, सोमबार
घट्यो सुनको मुल्य, तोलामा कति ?

काठमाडौँ । सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ ।

  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ । 

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।