कार्यक्रममा सोही भुभागमा बसोबास गर्ने विभिन्न पेशा तथा स्थानीय स्तरका सहकारीहरुमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो । ग्रामीण भुभागमा बसोबास गर्ने महानुभावहरुलाई बैंकिङ्ग तथा वित्तीय जानकारी दिने उद्देश्यले संचालन गरिएको कार्यक्रममा करिब १५० भन्दा बढिको सहभागिता रहेको थियो ।
बैंक र हेफरको सहकार्यमा संचालन भएको उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन बैंकका प्रमुख संस्थागत निक्षेप दीलिप पोखरेलद्वारा सहभागीहरुलाई वित्तीय साक्षरताको आवश्यकता र बैंकिङ्ग कारोबारको महत्वबारेमा विभिन्न सन्दर्भ सामाग्रीहरु सहित जानकारी दिए । साथै, हेफर नेपालका प्रतिनिधीहरुले ग्रामीण भुभागमा बैंक र बैंकिङ्ग क्षेत्रले सोही स्थानमा बसोबास गर्ने मानिसहरुमा भएको सकारात्मक प्रभावको बारेमा जानकारी दिएका छन् ।
बैंकले ९७ शाखा कार्यालयहरु, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।