३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


खबरस्टोरी संवाददाता
२६ फाल्गुन २०७८, बिहीबार
३ हजार ५०० रुपैयाँले घट्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ।  सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ  कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।