१ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य


खबरस्टोरी संवाददाता
२३ असार २०७९, बिहीबार
१ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौँ। बिहीबार नेपाली बजारमा सुनको मूल्य एक हजार चार सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार एक सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले बढेर ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।