हालसम्म एक खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुर्नकर्जा लगानीमा


खबरस्टोरी संवाददाता
१ जेष्ठ २०७९, आईतवार
हालसम्म एक खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ पुर्नकर्जा लगानीमा
काठमाडौं।  नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दे आएको पुर्नकर्जा २०७८ चैत्र मसान्तमा एक खर्ब १६ अर्ब ६० करोड लगानीमा रहेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा एक लाख ४५ हजार छ सय ९३ जना ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई दुई खर्ब १६ अर्ब छ करोड कर्जा बक्यौता रहेको छ ।

सो मध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ५९ हजार नौं सय ३१ ऋणीलाई प्रवाह भएको एक खर्ब ३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार नौं सय २६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड कर्जा रहेको छ । राष्ट्र बैंकका अनुसार सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत दुई हजार आठ सय ३६ ऋणीको तीन अर्ब ६९ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

“व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्‍याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैत मसान्तसम्ममा एक अर्ब ६९ करोड स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

पुर्नकर्जा कार्यबिधी २०७७ अनुसार स्वीकृत पुर्नकजा बिवरण (रकम रु करोडमा)