हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
हिमालयन बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं। हिमालयन बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा आउँदो १ साउनबाट लागु हुने गरी नयाँ ब्याजदर  सार्वजनिक गरेको हो ।

उक्तव्याजदर अनुसार बैंकले बचत खातामान्यूनतम ६.०३ प्रतिशतदेखि अधिकतम ८.०३ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दती निक्षेपको ब्याज न्यूनतम १०.०३ प्रतिशतदेखि अधिकतम १२.०३ प्रतिशतसम्म तोकिएको छ ।

नयाँ ब्याजदरअनुसार बैंकको आधार दर ९.५० प्रतिशत रहेको छ ।