हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक नाफा चार करोड २२ लाख


खबरस्टोरी संवाददाता
१८ फाल्गुन २०७८, बुधबार
हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको दोस्रो त्रैमासिक नाफा चार करोड २२ लाख

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा चार करोड २२ लाख २० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने कम्पनीको यस्तो नाफा छ करोड ११ लाख ७१ हजार रुपैयाँ रहेको थियो । 

हाल चुक्ता पुंजी एक अर्ब १० करोड तीन लाख ३७ हजार रुपैयाँ रहेको कम्पनीको चालुु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा प्रतिशेयर आम्दानी नौ रुपैयाँ ४९ पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ भने एक सय ७८ रुपैयाँ ५४ पैसा रहेको छ ।