काठमाडौं । होटल याक एन्ड यती र हायात रिजेन्सीका सञ्चालक राधेश्याम सराफको निधन भएको छ । एक महिनाअघिदेखि भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचाररत सराफको ९२ वर्षको उमेरमा मंगलबार राती निधन भएको हो ।
उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको परिवारजनले जनाएका छन् ।
सन् १९३० मा भारतको गुवाहाटीमा जन्मिएका सराफ सन् १९६३ देखि काठमाडौंमा बस्दै आएका थिए । पर्यटकका लागि रसियन नागरिक बोरिस लिसानेभिचले बहादुर भवनमा स्थापना गरेको रोयल होटलबाट व्यवसायमा जोडिएका सराफले दरबारमार्गमा सन् १९७७ मा याक एन्ड यती होटल स्थापना गरेका थिए ।
सन् १९९० मा सराफले तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल (हायात रिजेन्सी काठमाडौं) को स्वामित्व लिएका थिए ।
सराफका दुई जना छोराहरू छन् ।