इलामकी राईले जितिन् डिसहोमको एक लाख


खबरस्टोरी संवाददाता
२७ जेष्ठ २०७९, शुक्रबार
इलामकी राईले जितिन् डिसहोमको एक लाख
काठमाडौं । डिसहोममा १ वर्षको रिचार्ज गर्दा इलामकी राईले नगद एक लाख रुपैयाँ जितेकी छन् । फाकफोकथुम २, इलामकी मन्दिरा राईले नगद रु एक लाख जितेकी हुन् । कुबेर ईलेक्ट्रोनिक्स पुवाखोला, इलामका डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर राईले लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।  

डिसहोमको तर्फवाट रिजनल सेल्स म्यानेजर विपिन्द्र न्यौपाने, डिस्ट्रीव्युटर म्यानेजर हेमन्त निरौला र सेल्स अफिसर प्रज्वल अधिकारी इलाममा पुगेर राईलाई पुरस्कार रकम हस्तान्तरण गरेका छन् । 

डिसहोमले १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाइने सुविधाका लागि पुरस्कारसमेत ब्यवस्थ गरेको छ । यो योजना अन्तर्गत डिसहोम डीटीएचका ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । 

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद रु एक लाख जित्ने अवसर पाउनुहुनेछ ।

लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिसहोम रियालिटी टीभी, रमाइलो एचडी, सरोकार टीभी, नेपाः च्यानल, र डिसहोम सोकेसमा हेर्नसकिने कम्पनीले जनाएको छ ।