जनतालाई विद्युत् प्राधिकरणको सेयर दिइने


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
जनतालाई विद्युत् प्राधिकरणको सेयर दिइने
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सेयर जनतालाई पनि दिने घोषणा गरेको छ।

क्रेडिट रेटिङ गरिसकेको प्राधिकरणको सेयर प्राथमिक निष्कासनमार्फत प्रिमियर दरमा सर्वसधारणलाई बिक्री गर्ने घोषणा आगामी वर्षको बजेटले गरेको हो।

प्राधिकरणले बुक बिल्डिङमार्फत सेयर जारी गर्न सक्नेछ। त्यस्तो सेयर निष्काशनबाट प्राप्त हुने रकमलाई जलासययुक्त आयोजना विकास र प्रसारणलाइन पूर्वाधार विकासमा लगाउो घोषणा अर्थमन्त्री जनर्दन शर्माले गरेका हुन्।