जेठ ४ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस


खबरस्टोरी संवाददाता
२५ बैशाख २०७९, आईतवार
जेठ ४ गते बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस
काठमाडौँ । सरकारले जेठ ४ गते बेजट अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । 

आइतबार बसेको मन्त्री परिषद् बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष जेठ ४ गते दिउँसो ४ः०० बजे बस्ने गरी बेजट अधिवेशन आह्वान गर्न सिफारिस गरेको जनाइएको छ । 

हरेक वर्ष जेठ १५ गते भित्र बजेट ल्याइसक्नु पर्ने प्रावधान रहेको छ ।