जेठ १ गतेबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने


खबरस्टोरी संवाददाता
२७ बैशाख २०७९, मंगलवार
जेठ १ गतेबाट सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने
काठमाडौं। सरकारको निर्णयअनुसार आगामी जेठ १ गतेदेखि शुक्रबार पनि सेयर कारोबार सञ्चालन हुने भएको छ। हाल सेयर कारोबार आइतबारदेखि बिहीबारसम्म हुँदै आएको छ। 

सरकारले आउँदो जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सरकारले सोमबारदेखि शुक्रबारसम्म भने बिहान ९ः३० बजेदेखि साँझ ५ः३० गतेसम्म कार्यालय समय जारी गर्ने निर्णय पनि गरेको छ। 

नेप्सेले गत वैशाख २५ गते सूचना निष्काशन गर्दै सरकारको निर्णयअनुसार सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने जानकारी गराएको थियो।

नेप्सेले आज एक सूचना जारी गर्दै सेयर कारोबार हुने समयबारे जानकारी गराएको छ। नेप्सेका अनुसार सोमबारदेखि शुक्रबारसम्म सेयर बजारको नियमित कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने जानकारी गराएको छ ।