जेठ १० गते सरकारको नीति तथा कार्यक्रम


खबरस्टोरी संवाददाता
७ जेष्ठ २०७९, शनिबार
जेठ १० गते सरकारको नीति तथा कार्यक्रम
काठमाडौं– गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार संघीय संसद्मा पेश हुने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ। रासस