राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी गराए।
त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ। अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ। रासस