विषेशतः हिमाली क्षेत्रका अति बिकट ठाउँ जहाँ स्वास्थ्य सेवामा कम पहँुच वा पहुँच नै नभएको क्षेत्रमा स्वास्थ्य सेवा तथा हिमालय उद्धार कार्य गर्ने गैरसरकारी संस्था हिमालय उद्धार संघ नेपाललाई फाउण्डेशनले जेनेरेटर सहयोग गरेको हो । बिभित्र स्वास्थ्य उपकरणहरु जस्तै अक्सिजन, भिडियो एक्सरे, तथा अन्य डायग्नोष्टिक उपकरणहरु संचालन गरी स्वस्थ शिबिर संचालन तथा उद्धार कार्यमा सहज होस् भत्रे हेतुले उक्त संस्थालाई ज्योति समुहका अध्यक्ष पद्म ज्योति, ज्योति फाउण्डेशनका संचालक मिरा ज्योति र स्यकाकर टे«डिङ्ग कम्पनीप्रा.लि., का अध्यक्ष सौरभ ज्योति र उपाध्यक्ष सुह्ृद ज्योतिले एक कार्यक्रमका बिच उक्त संस्थालाई सहयोग स्वरुपहोण्डा जेनेरेटर हस्तान्त्रण गरेका हुन् ।
उक्त संस्थालाई यसरी सहयोग गर्न पाउँदा खुशि लागेको बताउँदै भविष्यमा समेत आवश्यक सहयोग गर्दै जाने जानकारी गराए ।
यस ब्राण्डका जेनेरेटर तथा अन्यपावर प्रोडक्टहरु उच्च गुणस्तरीय, कम ईन्धन खपत, कम आवाज, न्यूनतम संचालन खर्च, वातावरण मैत्री र भरपर्दो मानिन्छ । यो सेगमेन्टमा होण्डा पावर प्रोडक्टसहरु नेपालको सर्वाधिक बिक्रि हुने पावर प्रोडक्टहरुमा पर्दछ ।