इलाम नगरपालिका ७– इलामबजारस्थित इलाम शाखा र विराटनगर महानगरपालिका ३, मोरङस्थित कञ्चनबारी शाखाको समुद्घाटन बैंकका अध्यक्ष हरि चन्द्र खड्काले गरेका थिए । उद्घाटन् समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरु, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीहरुको उपस्थिति रहेको थियो । यसका साथै बैंकले चैत्र २३ गतेकै दिनबाट लमजुङ्ग बेसीशहर स्थित नयाँ शाखा पनि संचालनमा ल्याएको छ ।
नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले इलाम र कञ्चनबारी शाखाका ग्राहकहरुको निमित्त शुन्य मौज्दातमै क्यु आर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाईल बैंकिंग सेवा, निःशुल्क इन्टरनेट बैंकिंग सेवा, सबै मुद्दती निक्षेपहरुमा साप्ताहिक ÷मासिक ब्याज भुक्तानी, कर्जा सेवा शुल्कमा शुन्य दशमलव २५ प्रतिशत छुट लगायत विभिन्न सुविधाहरु प्रदान गर्ने भएको छ ।