बैंकले महानगरीय प्रहरी वृत कार्यालयको हिरासतमा रहेका थुनुवाहरुको सुरक्षा, कार्यालयको आन्तरिक सुरक्षा र नागरिकलाई पारदर्शी सेवा प्रदान गर्ने कार्यलाई सहयोग पुर्याउने हेतुले सो सहयोग गरेको हो । नेपाली समाजमा स्थानीय तहमा सुषुप्तरुपमा रहेका सम्भावनाहरुको पहिचान गरि त्यस्ता सम्भावनाहरुलाई उजागर गर्नको लागि सहयोगी बन्ने मूल उद्देश्यबाट निर्देशित हाम्रो विकास प्रर्वधन कोष मार्फत ज्योति विकास बैंकले विभिन्न सामाजिक संस्था तथा नागरिकहरुसंग प्रत्यक्षरुपमा जोडिएर सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यहरु गर्दै आएको छ ।
बैंकले हाल ११६ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।