काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरणको हतारो किन ?


खबरस्टोरी संवाददाता
१३ चैत्र २०७८, आईतवार
काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरणको हतारो किन ?
काठमाडौं । चीन सरकारको ऋण सहयोगमा निर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हिजो मात्रै नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। 

तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलको साँचो हस्तान्तरण गरेका थिए। 

 काम नसकिँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरणको विषयलाइ लिएर चिनियाँ प्रतिनिधिहरु असन्तुष्ट रहेको बताइएको छ भने यता काम नै सम्पन्न भै नसकेको अवस्थामा विमानस्थल हस्तान्तरणमा गरिएको हतारोले भोली निश्चित समयमा काम नसकिएको खण्डमा त्यसको इम्प्याक्ट नराम्रो पर्ने भन्दै यता पर्यटन मन्त्रालयका अधिकारीहरु पनि सन्तुष्ट भने छैनन् ।

सरकारको नेतृत्व गरेको दलले कामको जस लिनकै लागि नेपालमा प्राय निर्माणाधीन सबै खालका परियोजनाहरु सम्पन्न हुनुअघि नै हस्तान्तरण गरे झै गर्ने र आफ्नो राजनितिक स्वार्थ पूर्ति गर्ने परिपाटी देखिन्छ, यो पनि त्यसैको निरन्तरता हो मन्त्रालय स्रोतले भन्यो ।हाल विमानस्थलको ९३ प्रतिशत काम मात्र सकिएको डेकोरेशन, फिनिसिङ लगायतका कामहरु अझै बाँकि रहेका छन् ।