उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवम् अन्य स्वयंसेवी रक्तदाताहरु गरी १०९ जनाले रक्तदान गरेका थिए ।
कुमारी बैंकले नेपालमा प्रचलित परम्परागत बैंकिङ पद्धतिलाई नयाँ प्रविधिको प्रयोग १९७ शाखा सञ्जाल, १७७ एटीएम, ४३ शाखारहित बैंकिङ् सेवामार्फत सुविधा र चाहना अनुरुपका सेवा तथा सुविधाहरू प्रदान गर्दै आएको छ ।
साथै बैंकले आगामी दिनमा उत्कृष्ट सेवा तथा सुविधाहरु प्रदान गर्दै अझ बढी विश्वासनीय र सबल बैंकको रुपमा स्थापित हुने प्रतिवदता जनाएको छ ।