क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा


खबरस्टोरी संवाददाता
२२ चैत्र २०७८, मंगलवार
क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैंक बन्यो कामना सेवा
काठमाडौं । समय सापेक्ष ग्राहकहरुको चाहना अनुसार नवीनतम प्रविधिमार्फत सेवाहरु प्रवाह गर्दै आएको कामना सेवा विकास बैंकले सर्वसुलभ तथा अत्याधुनिक बैकिङ सेवा पु¥याउने उद्देश्यका साथ क्रेडिट कार्ड सेवा समेत शुभारम्भ गरेको छ । बैंकले सोमबारबाट औपचारिक रुपमा क्रेडिट कार्ड सेवा सुचारु गरि क्रेडिट कार्ड जारी गर्ने नेपालकै पहिलो विकास बैँक हुन सफल भएकोे जानकारी दिएको छ । 

बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक विश्वेश्वर सुवेदीले संयुक्तरुपमा क्रेडिट कार्ड सेवाको समुद्घाटन गरि सेवा शुभारम्भ गरेका हुन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत लगायत बैंकका अन्य कर्मचारीहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो । विकास बंैकहरुको माझ नयाँ खालको प्रोडक्टहरु ल्याई ग्राहकहरुको चाहना र आवश्यकताहरु पुरा गर्दै अगाडि बढेको हुदा नै कामना सेवा उत्कृष्ट मध्ये एक विकास बैंक बनेको बैंकका अध्यक्ष आचार्यले बताए । 

पोइन्ट अफ सेल मार्फत क्रेडिट कार्ड कारोबार गर्दा कारोबार सुरक्षित रहने, भिजा कार्ड स्वीकार्ने एटिएमबाट नगद झिक्न सकिने, भुक्तानी गर्दा न्यूनतम् नेपाली रूपैयाँ एक हजार रुपैयाँ अथवा जम्मा डेबिट रकमको १० प्रतिशतसम्म झिक्न सकिने, कार्डबाट बस्तु वा सेवा खरिद कारोबार गर्दा न्यूनतम् १५ देखि ४५ दिन सम्म ब्याज नलाग्ने, क्रेडिट कार्ड सीमा नेपाली रूपैयाँ १५ हजार देखि पाँच लाखसम्म पाउने र नेपाल लगायत भारतमा समेत सजिलै प्रयोग गर्न सकिने जस्ता विशेषताहरु कामना सेवा विकास बैंकको क्रेडिट कार्डमा उपलब्ध रहेको जानकारी पनि बैंकले दिएको छ ।