नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै क्रेडिट कार्डबाट नगद कारोबार गर्न नपाउने बताएको हो। सर्कुलरमा भनिएको छ, ‘अत्यावश्यक भएको समयमा कार्डको स्वीकृत सीमाको १० प्रतिशतसम्म नगद झिक्न बाधा पुगेको मानिने छैन। क्रेडिट कार्डबाट वालेटमा लोड गरिएको रकम भने वस्तु तथा सेवाको विद्युतीय भुक्तानीका लागि मात्र प्रयोग गर्नुपर्ने छ। यो रकम बैंक खातामा ट्रान्सफर गर्न र नगद झिक्न नमिल्ने व्यवस्था सम्बन्धित भुक्तानी सेवा प्रदायक संस्थाले मिलाउनु पर्नेछ।’