कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त


खबरस्टोरी संवाददाता
२० फाल्गुन २०७८, शुक्रबार
कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त
काठमाडौ । काठमाडौं–कृषि विकास बैंक संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको छ । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् । 

उनी साँढे तीन बर्षदेखी का.मु. महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।