कति छ आज सुनको मूल्य ?


खबरस्टोरी संवाददाता
४ चैत्र २०७८, शुक्रबार
कति छ आज सुनको मूल्य ?
काठमाडौँ। सुनको भाउ शुक्रबार स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९९ हजार आठ सय रुपैयाँ कायम गरिएकाे छ ।

 यसअघि, बिहीबार पनि सुन तोलाको ९९ हजार आठ सय रुपैयाँमै कारोबार भएको थियो । शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।  

चाँदीको भाउ भने तोलामा पाँच रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबा एक हजार तीन सय ८५ रुपैयाँ निर्धारण भएको छ ।