बैंकका संचालक समिति सदस्य मनबहादुर राईले माकलवारी शाखाको समुद्घाटन गरी सेवा शुभारम्भ गरेका हुन । उक्त कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, सञ्चालक प्रा.डा. गीता प्रधान, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने लगायत बैंक उच्चव्यवस्थापन समूह, स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । माकलवारी शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २७ पुगेको छ ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी एक अर्ब एक करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा एक सय ८३ दशमलव ५९ प्रतिशतले बढी हो । बैंक पहिलो पटक खुद मुनाफा एक अर्ब कटाउन सफल भएको छ ।
देशका सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १३० पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११३ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।