काठमाडौंको शंखमूलमा राइझुमा लाउन्जको उदघाटन


खबरस्टोरी संवाददाता
३१ असार २०७९, शुक्रबार
काठमाडौंको शंखमूलमा राइझुमा लाउन्जको उदघाटन
काठमाडौँ। काठमाडौंको नयाँबानेश्वरस्थित शंखमुलमा राइझुमा लाउन्ज सञ्चालनमा आएको छ। बिहीबारबाट राइझुमा लाउन्ज सञ्चालनमा आएको हो।

राइझुमा बोलको चर्चित देउडा गीत गाएका यज्ञराज उपाध्यायले राइझुमा लाउन्जको उदघाटन गरेका छन् । 

‘राइझुमा निकै प्रिय गीत हो। यो देश विदेशमा नै निकै चर्चित छ। यो शब्द पनि निकै प्रिय छ। त्यसैले हामीले लञ्चको नाम राइझुवा राखेका हौं,’ राइझुमा लाउञ्जका सञ्चालक केशव चन्दले भने, ‘झनै यसको उद्‍घाटन राइझुमाकै श्रष्टाबाट गराउन पाउँदा हामी निकै खुसी छौं।’

उनले लाउन्जमा सातामा एकपटक सुदूरपश्चिमका साथै नेपाली संस्कृति झल्किने खालका सांगितिक प्रस्तुतिहरू प्रस्तुत गरिनेसमेत बताए। खानामा पनि अर्गानिकतामा जोड दिने चन्दको भनाइ छ। 

प्राज्ञ उपाध्यायले ०४१ सालमा सार्वजनिक भएको आफ्नो चर्चित गीतका नामबाट लाउन्ज सञ्चालन गरेकोमा खुसी व्यक्त गरे। उनले गीतझैँ लाउन्जले पनि सबैको मन जित्दै जाओस् भन्दै शुभकामनासमेत दिए ।

उक्त कार्यक्रममा चर्चित लोक देउडा गायिका गौरी भट्ट, पर्यटन व्यवासयी अमरबहादुर शाही, शिक्षासेवी उदयप्रताप सिंहलगायतको सहभागिता थियो।