खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन


खबरस्टोरी संवाददाता
१६ जेष्ठ २०७९, सोमबार
खेल पूर्वाधारका लागि ८७ करोड बजेट विनियोजन
काठमाडौं।  सरकारले खेल पूर्वाधार क्षेत्रका लागि ८७ करोड रकम विनियोजन गरेको जानकारी दिएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले खेल पूर्वाधार क्षेत्रको विकासका लागि ८७ करोड रकम विनियोजन गरिएको जानकारी दिएका हुन्  ।