प्रयोगकर्ताहरूले निःशुल्क जहाँसुकैबाट खल्तीमार्फत कुनै पनि बैंक खातामा तत्काल पैसा पठाउन सक्ने ब्यवस्था मिलाएको हो ।
खल्तीबाट प्रति कारोबार सीमा रकम ५० हजार र प्रति दिन १ लाख रहेको छ ।
प्रयोगकर्ताको लागि सुविधा सहज र प्रभावकारी बनाउन यो सुविधा ल्याइएको खड्काले खबरस्टोरीलाई बताए ।
खल्ती डिजिटल वालेटमार्फत मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ, बिमा प्रिमियम तथा अनलाइन सपिङ लगायतका वित्तीय सेवा सेवा प्रवाह गर्दै आएको छ ।