खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यास्ब्याक साथै स्मार्टफोन जित्ने मौका


खबरस्टोरी संवाददाता
१ चैत्र २०७८, मंगलवार
खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यास्ब्याक साथै स्मार्टफोन जित्ने मौका

काठमाडौं। खल्ती मार्फत इएमआई भुक्तानीमा १०० प्रतिशत क्यासब्याक जितेर भाग्यशाली बन्न सकिने भएको छ  । साथै, दुई भाग्यशाली विजेताहरूले बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्ने मौका पाउने छन् ।  यस अफर इ एम आइ डन १०० % रिटर्न अनुसार हुलास फिन सर्भ, जगदम्बा क्रेडिट एंड इन्भेस्टमेन्ट, स्याकार–होन्डा र एमएडब्लु इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको इ एम आइ भुक्तानी गर्दा हरेक हप्ता एक जना भाग्यशाली बिजेताले भुक्तानीमा १०० प्रतिशत क्यास्ब्याक (पाँच हजार रुपैयाँको अधिकतम सीमा को साथ)  प्राप्त गर्नेछन् भने दुई जनाले बम्पर उपहारमा स्मार्टफोन जित्नेछन्। यो अफर चैत १ देखि चैत ३०, २०७८ सम्म मान्य हुनेछ । 

यस सुविधाबारे बोल्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “प्रविधि र विकासको परिवर्तनसँगै, डिजिटाइजेसनको आवश्यकता द्रुत रूपमा बढिरहेको छ। डिजिटल कारोबारलाई अझ प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो अफर ल्याईएको हो ।” पाँच हजार रुपैयाँ माथिको भुक्तानी गर्नुपरेमा ग्राहकले आफ्नो ’खल्ती’ केवाईसी भने अनिवार्य रुपमा भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती खाता नभएको खण्डमा साइन अप गरि वा नेपालभरि फैलिएको खल्तीको कुनै पनि खल्ती सेवा केन्द्रबाट पनि भुक्तानी गर्न सकिनेछ । 

खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाख भन्दा बढि प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको खल्ती डिजिटल वालेटले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाईट तथा मुभी टिकट बुकिङ्ग, बिमा प्रिमियम तथा अनलाईन सपिङ्ग साईटमा भुक्तानी गरि ६००००+ सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आएको छ। यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरि प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा पनि ‘खल्ती’ले योगदान दिँदै आएको छ ।