ब्रोकर नं २२ सिप्रवी सेक्यूरिटीज प्रालीले आयोजना गरेको उक्त कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेश एवं नेपाली यूवा उद्यमी सजांल वीरगञ्ज च्याप्टरको सहकार्यमा वीरगञ्जको होटल लर्डस दियालोमा सम्पन्न भएको हो । वीरगञ्जका विभिन्न आधा दर्जन कलेजका छात्रछात्राहरुको समेत सहभागिता भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तथा वीरगञ्जका मेयर सरावगीले शेयर बजार पछिल्लो समय अवसर खोज्नेहरुको लागि राम्रो प्लेटफर्म भएको चर्चा गर्दै लगानी गर्दा धेरै कुरामा सचेत भई लगानी गर्ने सुझाव समेत दिए ।
आगामी दिनमाहरुमा पनि आयोजना हुने यस्ता कार्यक्रममा एनआइबिएल एस क्यापिटल लिमिटेडले सहभागी हुने जनाएको छ ।