लगातार घट्दो क्रममा निफ्राको सेयर भ्यालू


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
लगातार घट्दो क्रममा निफ्राको सेयर भ्यालू
काठमाडौं ।  नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) सेयर मूल्य निरन्तर घट्दो क्रममा रहेको छ ।

उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि सेयर मुल्य बढ्न सकेको छैन् ।साताको पहिलो दिन आइतबार पनि प्रतिकित्ता ६.८० रुपैयाँले घटेर ३२४.७० रुपैयाँमा अन्तिम कारोबार भएको छ।यद्यपी बजार विश्लेषकहरुले भने होल बजारको प्रभावले निफ्रालाई असर पारेको भएतापनि यसको सेयर मूल्य उच्च अंकमा जाने आकँलन गरेका छन् ।निफ्राले गत वर्ष प्रत्येक आवेदकलाई ५० र ६० कित्ताका दरले साधारण सेयर प्रदान गरेको थियो ।

 कुनै समय १ खर्ब ३६ करोडसम्म पुगेको निफ्रा आइतबारसम्म घटेर ७० अर्ब १३ करोड रुपैयाँमा आइपुगेको छ।