लक्ष्मी केयर्सको साइकल र्‍यालीमा उत्साहजनक सहभागिता


खबरस्टोरी संवाददाता
२१ चैत्र २०७८, सोमबार
लक्ष्मी केयर्सको साइकल र्‍यालीमा उत्साहजनक सहभागिता
काठमाडौं। लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा स्थापित गैर नाफमूलक संस्था लक्ष्मी केयर्सले “अरेन्जलभ्स ग्रिन” अभियान अन्तर्गत वार्षिक साइकल र्‍यालीको १२ औं संस्करण चैत्र १९ गते शनिबार काठमाडौंमा आयोजना गरेको छ । 

टुँडिखेलस्थित आर्मी अफिसर्स क्लबबाट २०० भन्दा बढी साइकल यात्रीको सहभागितामा सुरु भएको सो र्‍याली १३ किलोमिटरको दुरी पार गर्दै गोकर्ण फरेस्ट रिसोर्टमाग ई सम्पन्न भएको थियो ।र्‍याली पश्चात विभिन्न पेशा तथा व्यवसायमा संलग्न करिब लक्ष्मी केयर्सका १००० भन्दा बढी हितैषिको उपस्थितिमा १९७४ एडि ब्यान्डको सांगितिक प्रस्तुति लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम लक्ष्मी बैंकको २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजना गरिएको थियो । 

लक्ष्मी केयर्सले उज्यालो अभियान अन्तर्गत जनचेतना अभिवृद्वि एवं विभिन्न सांस्कृतिक तथा सार्वजनिक स्थानलाई वातावरण मैत्री प्रविधिबाट उज्यालो बनाउने उद्देश्यका लागि रकम संकलन गर्ने प्रयोजनसहित साइकल र्‍याली कार्यक्रमको आयोजना गर्दै आएको छ । सो अभियान अन्तर्गत यसअघि लक्ष्मी केयर्सले बाग्मती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाइ मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्यबत्ती जडान गर्नुका साथै देशभर विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।