लुम्बिनी बैंकको शेयर बढेर २० रुपैयाँ ७३ पैसा पुग्यो


खबरस्टोरी संवाददाता
८ बैशाख २०७९, बिहीबार
लुम्बिनी बैंकको शेयर बढेर २० रुपैयाँ ७३ पैसा पुग्यो
 काठमाडौं। लुम्बिनी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको वित्तीय विवरण अनुसार २० प्रतिशतले  नाफा आर्जन भएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ५१ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ  ।  गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.५० प्रतिशतले बढी छ  । 

 सञ्चालन आम्दानीमा गिरावट आएता पनि इम्पेरमेन्ट चार्ज रिभर्स हुदा बैंकको नाफामा बढोत्तरी भएको हो ।

बैंकको वितरण योग्य मुनाफा ३३ करोड ६२ लाख रुपैयाँ रहको छ । यस अवधिसम्ममा बैंकको जगेडा कोष २०.५१ प्रतिशत बढेको छ । त्यसैगरी, बैंकको निक्षेप १२.२१ प्रतिशत बढेकोे छ भने कर्जा २६.५७ प्रतिशत बढेको छ ।

बैंक लाई नाफा वृद्धि भएसँगै बैंकको प्रतिशेयर आम्दानी समेत वृद्धि भएको छ।  चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ २४पैसा रहेको छ भने मूल्य आम्दानीको अनुपात २१.२२ गुणा रहेको छ । बैंकको वार्षिक प्रतिशेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर २० रुपैयाँ ७३ पैसा कायम भएको छ ।